कांग्रेसको वडा अधिवेशनः आज ३१ जिल्लामा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन हुँदै – Nepalboli

कांग्रेसको वडा अधिवेशनः आज ३१ जिल्लामा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन हुँदै

   २०८३ आश्विन ४, आईतवार  

काठमाडौं—नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रक्रिया आइतबार थप ३१ जिल्लामा अघि बढ्ने भएको छ। अधिवेशनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो । बाँकी ३१ जिल्लामा आइतबार अधिवेशन आयोजना गरिँदै छ ।

बाढी प्रभावित तीन जिल्लामा अधिवेशन अनिश्चित

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तत्काल अधिवेशन सञ्चालन नहुने भएको छ । ती जिल्लाको परिस्थितिको मूल्याङ्कन गरी अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रहेको जानकारी दिए । उनका अनुसार सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

आइतबार हुने अधिवेशनबाट पनि सम्बन्धित वडाका पार्टी संरचना र क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै