बाढी प्रभावित १ हजार ५४५ जनाको उद्धार, ८४ जना उपचाररत तथा डिस्चार्ज
नेपाल बोली
२०८३ भाद्र १२, शुक्रबार
काठमाडौं — रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीमा परेका १ हजार ५४५ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवाबाट ६४४ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको जनाएको छ ।
प्रहरीका अनुसार बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८४ जना रहेको छ ।
बाढी प्रभावितको उद्धार, खोजी तथा सहयोगका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, बाढीमा परेर सम्पर्कविहीन भएका तथा प्रभावितमध्ये हालसम्म ४७९ जना फेला परेको प्रहरीको विवरणमा उल्लेख छ । बाढीपछि २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
उद्धार तथा खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै