सरकार र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति, आन्दोलन आजैदेखि अन्त्य
काठमाडौं — नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल बीच १४ बुँदे सहमति भएको छ । सहमतिसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि सहमति भएको हो ।
सम्झौतापत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्री ले हस्ताक्षर गरेका छन् ।