जनकपुरधाममा अतिक्रमण हटाउन डोजर चल्यो, पहिलो चरणमा ७ पोखरी खाली गराइँदै – Nepalboli

जनकपुरधाममा अतिक्रमण हटाउन डोजर चल्यो, पहिलो चरणमा ७ पोखरी खाली गराइँदै

   २०८३ भाद्र ६, शनिबार  

जनकपुरधाम— जनकपुरधामका अतिक्रमित गुठी जग्गा संरक्षण अभियानअन्तर्गत आजदेखि सात वटा पोखरीको डिल खाली गराउने काम सुरु भएको छ ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गोरधोई पोखरी बाट डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने कार्य थालिएको हो ।

गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा सात वटा अतिक्रमित पोखरीको डिल खाली गराइनेछ । यसअघि नै साउन १ गते अतिक्रमित क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरिएको उनले बताए ।

समितिले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर अतिक्रमण हटाउने अभियान अघि बढाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै