रास्वपामा पदाधिकारीदेखि विभागीय प्रमुखसम्म जिम्मेवारी बाँडफाँट, को–को भए मनोनित ? – Nepalboli

रास्वपामा पदाधिकारीदेखि विभागीय प्रमुखसम्म जिम्मेवारी बाँडफाँट, को–को भए मनोनित ?

   २०८३ भाद्र ५, शुक्रबार  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी टुंगो लगाएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्तासहितका पदमा मनोनयन गरेको हो । बैठकले विभिन्न नौ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनित गरेको छ ।

यी हुन् नयाँ पदाधिकारी

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् । त्यस्तै डा.मनोहर प्रधान कोषाध्यक्ष र बसुमाया तामाङ सहकोषाध्यक्ष बनेका छन् ।

पार्टीको प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई दिइएको छ भने सहप्रवक्तामा डा। नमिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन् ।

नौ जना केन्द्रीय सदस्य मनोनित

बैठकले भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र डा। मनोहर प्रधानलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

सचिवालय पनि विस्तार

रास्वपाले केन्द्रीय सचिवालयमा समेत जिम्मेवारी बाँडफाँट गरेको छ। सचिवालयमा शिशिर खनाल, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झालाई जिम्मेवारी दिइएको छ ।

विभागीय प्रमुखको जिम्मेवारी

पार्टीले विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ ।

– संगठन विभाग: प्रमोद न्यौपाने
– सार्वजनिक सेवा तथा जनगुनासो विभाग : विजय जैरू
-जनस्वास्थ्य विभाग: डा.तोसिमा कार्की
– पूर्वाधार विभाग:  निशा डाँगी
-अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग: शिशिर खनाल
-अर्थ विभाग: लिमा अधिकारी

प्रशिक्षण विभागको प्रमुख पद भने हाल रिक्त राखिएको छ । त्यसको कायममुकायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको र उपप्रमुखमा सांसद कमल सुवेदीलाई मनोनित गरिएको विवरण सार्वजनिक भएको छ ।

रास्वपाको पछिल्लो निर्णयसँगै पार्टीको संगठनात्मक संरचना थप विस्तार भएको छ। यद्यपि केही पदमा अझै मनोनयन हुन बाँकी रहेको विवरणसमेत सार्वजनिक भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै