विशेष महाधिवेशन वैधानिक हो, अदालतको पुनरवलोकनलाई अवसरका रूपमा लिएका छौँ : गगन थापा – Nepalboli

विशेष महाधिवेशन वैधानिक हो, अदालतको पुनरवलोकनलाई अवसरका रूपमा लिएका छौँ : गगन थापा

   २०८३ श्रावण २४, आईतवार  

काठमाडौँ— कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको प्रस्ट पारेका छन । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेसको विधानमा भएको व्यवस्था र पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोग गरेरै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए ।

उनले , “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो । यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ ।” बताए

सभापति थापाले अदालतले पुनः पुस्ट्याइँ गर्नुपर्ने भनेको र यसलाई आफ्नो पक्षको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताए ।
उनले पार्टीभित्रका आन्तरिक मनमुटावलाई मिलाउँदै कांग्रेसलाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने सन्दर्भमा गरेको फैसला पुनरवलोकन गर्ने आदेश दिएकै बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गतेका लागि आह्वान गरिएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार पार्टीको १५ औँ महाधिवेशन, साङ्गठनिक संरचना, आन्तरिक एकतासहित समसामयिक राजनीतिक सन्दर्भमा विमर्श गरी निर्णयमा पुग्न बैठक आह्वान गरिएको हो ।

यसै गरी पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि साउन २९ देखि ‘राष्ट्रिय भेला’ आयोजना गर्दै छ । भेलामा पूर्वसभापति देउवा पनि सहभागी हुने छ । देउवा साउन २८ गते स्वदेश फर्किदै छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै