संविधान संशोधनका विषयमा सरकारको धारणा स्पष्ट नभएको देव गुरुङको टिप्पणी – Nepalboli

संविधान संशोधनका विषयमा सरकारको धारणा स्पष्ट नभएको देव गुरुङको टिप्पणी

   २०८३ असार १६, मंगलवार  

काठमाडौँ । नेकपाका नेता देव गुरुङले संविधान संशोधनको बहसका क्रममा संविधानका आधारभूत मान्यतामाथि हस्तक्षेप गर्न नहुने धारणा व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र, संघीयता तथा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संवैधानिक आधारलाई संशोधनको विषय बनाउन नहुने बताए। उनका अनुसार संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्नु सहज विषय नभएको जिकिर गरे।

गुरुङले ‘जेन जेड विद्रोह’ यता संघीय व्यवस्थाविरुद्ध नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भएको दाबी पनि गरे। संविधान संशोधनबारे सरकार र सत्तारुढ दलको धारणा बुझ्न पटक-पटक प्रश्न उठाइए पनि हालसम्म स्पष्ट जवाफ नआएको उनको भनाइ थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै