नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीय मैत्री समूह गठन
काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत् रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल-भारत संसदीय मैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीय मैत्री समूह’, ‘नेपाल अष्ट्रेलिय संसदीय मैत्री समूह’ लगायत समूह गठन गरिएको हो ।