प्रधानमन्त्रीसंगको प्रश्नोत्तर गर्न पाउनुपर्ने भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूको नारावाजी र वेल घेराउ
प्रतिनिधि सभामा विपक्षी दलहरूले पहिलो पटक बेल घेराउ गरेका छन् । प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बिहीबारको बैठकमा बेल घेराउ गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ । तर प्रधानमन्त्री ले प्रश्नोत्तर गर्ने छाटकाट नदेखाए पछि विपक्षक दलहरु संदनमा अवरोध गर्न पुुगेका छन । बेल घेराउलाई कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर समर्थन गरे । विपक्षी श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेर बाहिरिए ।
तर, विपक्षीको बेल घेराउबिच सभामुख डोलप्रसाद अर्यालले भने सदन चलाए । विपक्षीको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित पारित भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
विपक्षीले उठेर विरोध गरेपछि सभामुख अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । तर, प्रधानमन्त्री शाहले आउने सङ्केत नदेखाएपछि उनी विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि वातावरण केहीबेर तनावपूर्ण बनेको थियो। तर सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अनुसार बैठक अगाडि बढाउँदै विधेयक पारित प्रक्रियालाई निरन्तरता दिएका थिए।
अवरोधका विच बैठक चलाएका सभामुखले विद्येयक पारित भए संगै प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित गरेको छ ।

