काठमाडौँको साँखु र आसपासका क्षेत्रमा सतर्कता अपनाऊँ बाढी महाशाखाको आग्रह
बाढी पूर्वानुमान महाशाखाले काठमाडौँको साँखु र आसपासका क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ। मंगलबार बेलुका चेतावनी जारी गरी बाढी महाशाखाले साँखु वर्षा मापन केन्द्र र आसपासका केन्द्रमा मध्यम वर्षा रेकर्ड भएकाले उक्त क्षेत्रका खोलामा बाढी आउनसक्ने जानकारी दिएको हो।
महाशाखाले सूचना जारी गरी भनेको छ स् पछिल्लो १ घण्टामा काठमाडौँजिल्ला स्थित साँखु वर्षा मापन केन्द्र र आसपासका केन्द्रहरूमा मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बाढी समेत हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ।