पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारको नेतृत्व गर्छ- प्रधानमन्त्री प्रचण्ड – Nepalboli

पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारको नेतृत्व गर्छ- प्रधानमन्त्री प्रचण्ड

   २०८० असार ११, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन । सोमबार धादिङको गजुरीमा भारत सरकारको आर्थिक सहयोगमा बनेको आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने दावी गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउनुहुँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास समेत व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै