अमेरिकामा भारतीय प्रम मोदीको महत्व-२१ तोपको सलामी, संयुक्त संसदमा सम्वोधन – Nepalboli

अमेरिकामा भारतीय प्रम मोदीको महत्व-२१ तोपको सलामी, संयुक्त संसदमा सम्वोधन

   २०८० असार ६, बुधबार  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा विशेष महत्व दिइएको छ । मंगलवार देखि अमेरिकाको राजकीय भ्रमणमा गएका भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीलाई अमेरिकन राष्ट्रपति जो बाइडेनबीच भेट अघि २१ तोपको सलामी दिईने कार्यकम छ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री मोदी जुन २० मा न्युयोर्क पुगेका छन् भने जुन २१ अर्थात आज न्युयोर्कमै ९औं अन्तर्राष्ट्रिय योग दिवसको एक कार्यक्रमको नेतृत्व गरेका छन । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा मोदी कार्यकालमा भारतकै प्रस्तावमा गरेको थियो । सन् २०१५ को जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

२२ जुन अर्थात विहिवारको विहान वासिङ्गटन डिसी पुग्ने छन्। त्यहाँ दुवै देशका अधिकारीले संयुक्त बैठक गर्ने छन्। वार्तामा मुख्यतः दुई देशबीचको कुटनीतिक सम्बन्ध, प्रविधि सहकार्य, प्रतिरक्षा र जलवायु परिवर्तनको सवालमा छलफल हुने छ ।

साँझ प्रधानमन्त्री मोदीले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । यो अमेरिकी कांग्रेसमा उनको दोस्रो सम्बोधन हुनेछ । यस अघि सन् २०१६ को भ्रमणमा पनि उनले संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

सोही बेलुका राजकीय रात्रीभोजमा मोदी, बाइडेन, प्रथम महिला जिल, उपराष्ट्रपति कमला ह्यारिसलगायत उच्च अधिकारी सहभागी हुनेछन्। २३ जुनमा मोदीले उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग वार्ता गर्ने छन् भने त्यसपछि भारत–अमेरिका रणनीतिक साझेदारी मञ्चको कार्यक्रममा प्रवचन दिने छन ।

सन् २०१४ डिसेम्बर ११ मा प्रधानमन्त्री भएका मोदीले यसबीच ३ अमेरिकी राष्ट्रपतिसँग सहकार्य गरेका छन्। सन् २०१५ को जनवरीमा राष्ट्रपति बराक ओबामा भारत भ्रमणमा आएका थिए भने सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्री मोदी पहिलो अमेरिका भ्रमणमा गएका थिए।

बाइडेन शासनकालमा भने प्रधानमन्त्री मोदीको यो पहिलो भ्रमण हो । तर, जी–८, जी–२० लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा मोदी–बाइडेन भेटघाट भने भइसकेको छ । प्रधानमन्त्री मोदीको आसन्न राजकीय भ्रमण विश्वकै लागि सर्वाधिक चासो बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै