पहलगाममा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको परिवारसंग भारतीय राजदूतले भेटे – Nepalboli

पहलगाममा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको परिवारसंग भारतीय राजदूतले भेटे

   २०८२ बैशाख २८, आईतवार  

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। नेपालस्थित भारतीय दूतावासका अनुसार आइतबार उनले न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्।

भेटका क्रममा उनले ‘पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाइँमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन’ दिएका थिए।

गत अप्रिल २२ गते भारतको जम्मू-कश्मीरको पहलगाममा आतंकवादीहरुले न्यौपानेसहित २६ पर्यटकको हत्या गरेका थिए।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै