नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेताहरुद्धारा जनताको वाचा पुरा गर्ने प्रतिबद्धता
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि बनेको प्रतिनिधि सभाको पहिलो बैठक सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको छ। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गरे।
नयाँ प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ। सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गरेका हुन्। सम्बोधन गर्नेहरुमा प्रधानमन्त्री पíपकमल दहाल, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, रास्पा अध्यक्ष रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिडदेन, जसपा नेता रामसहाय यादव, नेकपा एसका माधव नेपाल, जनमत पार्टीका सिके राउत, नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ सहितका छन ।
सबै नेताहरुले संसदको पहिलो संम्बोधन गर्ने क्रममा नागरिकहरुलाइ निर्वाचनताका गरिएका वाचाहरु पुरा गर्दै देशलाइ स्मृद्धि तर्फ अगाडी लैजाने प्रतिवद्धता जनाएका छन ।