नेपाल भारतको खुला सिमाले दुवै देशको सम्वन्धमा अझै प्रगाढ बनाएको छ- वक्ताहरु
नेपाल भारत खुुला सीमा सम्वाद समुहका राष्ट्रिय अध्यक्ष राजिव झाले नेपाल भारत विचको सिमामा देखिएको वेथितीलाई समाधानका लागि राजनीतिकरुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएको छन् ।
नेपाल भारत खुला सीमा सम्वाद समुुह सिरहाको आयोजनामा विहिबार नेपाल भारत खुला सिमा सुुमधुर सम्वन्धकोे आधारशिला विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष झाले नेपाल भारतको खुला सीमाकै कारण दई देशको सम्वन्ध अझै प्रगाढ भएको बताउदै विश्वमै दुुई देशको खुुला सिमाले सदियौ देखि चलि आइरहेको बेटी रोटीको सम्वन्धलाई अझै मजवुत बनाएको बताए ।
अध्यक्ष झाले सिमा देखिने गरिएको ज्यादती जस्तो समस्यालाई निराकरण गर्नका लागि दुवै देशका प्रमुखले पहल गरि समस्या समाधान गर्नुपर्ने बताउदै पौराणीक सम्वन्धलाई कायम राख्नका लागि दुवै देशका प्रमुखलाई जनभावनालाई कदर गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा समाजसेवी डा राम प्रताप यादवले दुवै देशको खुुला सिमाले नागरिक स्तरमा सम्वन्ध विस्तारका साथै दुुवै देशको मित्रतामा पनि गाढापन आएको बताए । कोरानाकाल देखि सिमामा प्रहरीहरुले नागरिकहरुसंग गर्दै आएको दुव्र्यवहारले मित्रतामा खल्लोपन ल्याएको र यसलाई सुधार गर्नका लागि दुवै देशका सुरक्षा निकाय वसेर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रोफेसर चन्देश्वर प्रसाद यादवले पौराणीककाल देखि नेपाल भारतको सम्वन्धलाई कायम गर्न वर्तमानमा पनि नेपाल र भारतले सिमामा खुला रुपमा नागरिकहरुलाई आवत जावतका साथै दुवै देशका नागरिकलाई समान व्यवहारले अहिले पनि बेटी रोटीको नाता कायम रहेको बताउदै नेपाल र भारतको नातालाई अझै मजवुत बनाउन साना तिना समस्यालाई समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा भारतीय कम्युुनिष्ट पार्टी मालेका नेता भुसन कुमारले भारत नेपालमा रहेको रोटी बेटीको नातालाई कायम राख्नका लागि नागरिकस्तरमा पनि पहलको आवश्यकता रहेको बताए । उनले भने,सीमामा दुवै तर्फ हुदै आएको शोषणलाई रोक्न प्रशासनले चाहेर हुदैन,यसको लागि आम मानिसले पनि पहल गर्नुपर्छ । दुवै देशको सम्वन्धमा अझै प्रगाढता ल्याउन आम नागरिकले सिमाको समस्या अदान प्रदान गरि सम्वन्धित ठाउमा पुरयाउनुपर्ने बताउदै उनले यसको लागि अभियाननै संचालन गर्नुपर्ने बताए ।
नेपाल भारत खुला सिमा सम्वाद समुह सिरहाका अध्यक्ष परितोस यादवको अध्यक्षतामा भएको कार्यक्रममा जयनगर चेम्वर अफ कर्मसका प्रतिनिधी अनिल कुमार बरौलिया,भारतका वरिष्ठ पत्रकार ललित कुमार झा,समुहका प्रदेश सहअध्यक्ष दिपक यादव लगायतले खुला सिमाले दुई देशमा बढाएको सुमधुर सम्वन्धको विषयमा प्रकास पारेका थिए ।
