मधेश प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मत पारित – Nepalboli

मधेश प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मत पारित

   २०८१ जेष्ठ ३१, बिहीबार  

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । मधेश प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको सातौँ बैठकले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।

गत मङ्गलबार मधेश प्रदेश सरकारकोतर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै