जसपा नेपालको सम्पुर्ण चुनावी प्रक्रिया स्थगीत, पदाधिकारी देखि केन्द्रिय सदस्य सम्म छान्ने जिम्मा अध्यक्षलाई – Nepalboli

जसपा नेपालको सम्पुर्ण चुनावी प्रक्रिया स्थगीत, पदाधिकारी देखि केन्द्रिय सदस्य सम्म छान्ने जिम्मा अध्यक्षलाई

   २०८१ जेष्ठ ३१, बिहीबार  

जनता समाजवादी पार्टी नेपालको अध्यक्ष वाहेकको पदाधिकारी सहित केन्दिय सदस्यहरु चयन गर्न सम्पुर्ण चुनावी प्रक्रिया अन्तिम समयमा आएर स्थगीत गरिएको छ । बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो। निर्वाचन सुुरु हुने अन्तिम समयमा एकाएक पार्टीले सुचना जारी गर्दै सहमतीय आधारमा अध्यक्ष उपेन्द्र यादवलाई पदाधिकारी र केन्द्रिय सदस्य छान्ने जिम्मा दिएको भन्दै निर्वाचन प्रक्रिया स्थगीत गरेको जनाएका छन ।

१९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो। महाधिवेशनमा जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी थिए । तर, चुनाव सुरु हुनु केहीबेरअघि मात्र सो प्रक्रियाबाट उपेन्द्र पछि हटेका हुन्।

अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो। जसपाको नयां विद्यानले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य रह्ने व्यवस्था गरेको छ ।

नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले विहिवार नै आफनो पदको शपथ ग्रहण गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै