जोखिम न्यूनीकरण ऐन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण – Nepalboli

जोखिम न्यूनीकरण ऐन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण

   २०८१ जेष्ठ ३१, बिहीबार  

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन् । वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उनले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरूको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । जलवायु परिवर्तन, भौतिक विकासका लागि जङ्गलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरुले औँल्याएका पहिरोको जोखिम बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न आग्रह उनले गरे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै