काठमाडौं महानगरले गर्‍यो मन्त्रालयको क्यान्टिनबाट बालबालिकाको उद्धार – Nepalboli

काठमाडौं महानगरले गर्‍यो मन्त्रालयको क्यान्टिनबाट बालबालिकाको उद्धार

   २०८१ जेष्ठ ३०, बुधबार  

काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिका उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै