पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद
३ लाख जरिवानाको फैसला
काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले पूर्व न्यायाधीश गिरीलाई पूर्व श्रीमतीलाई सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय सुनाएको हो ।
जिल्ला अदालतले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।
जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।