अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर नै प्रहरीको नियन्त्रणमा – Nepalboli

अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर नै प्रहरीको नियन्त्रणमा

   २०८१ जेष्ठ २४, बिहीबार  

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । बालिकालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले जानकारी दिए । बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी छन् ।

सोही उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।

शिवाकोटीले पढाइदिने भनेर उनलाई सानै उमेरदेखि कामदारको रुपमा घरमा ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै