स्रोत नखुलेको ६९ लाख रकमसहित ४ जना चिनियाँ नागरिक जगातीबाट पक्राउ – Nepalboli

स्रोत नखुलेको ६९ लाख रकमसहित ४ जना चिनियाँ नागरिक जगातीबाट पक्राउ

   २०८१ जेष्ठ २३, बुधबार  

प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकहरूलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै