सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबीच भेटवार्ता भएको हो ।
बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरूबीच करिव तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो ।
बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो । भेटमा मधेसमा नयाँ सरकार गठनको विषयमा छलफल भएको बताइएको छ ।