बालुवाटारमा प्रधानमन्त्री, एमाले अध्यक्ष र काग्रेस सभापति बिच तीन घण्टा छलफल – Nepalboli

बालुवाटारमा प्रधानमन्त्री, एमाले अध्यक्ष र काग्रेस सभापति बिच तीन घण्टा छलफल

   २०८१ जेष्ठ २१, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तीन घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको शीर्ष तीन नेताबिचको छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको छ । तीन नेताबिच बिहान सवा दश बजेदेखि दिउँसो सवा १ बजेसम्म छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा खासगरी संसद्लाई के कस्ता बिजनेस दिने र संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमै छलफल केन्द्रित भएको बताए ।

सल्लाहकार आचार्यका अनुसार सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ ।

तीन नेताको भेटपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल पनि भएको छ । प्रचण्ड र ओलीबिचको छलफलमा सरकार सञ्चालन,प्रदेश सरकार गठन लगायतबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँगको छलफलअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै