चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ – Nepalboli

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

   २०८१ जेष्ठ २१, सोमबार  

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए। थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै