छलफल गरेको भए बजेट अझ राम्रो हुन्थ्यो-ओली – Nepalboli

छलफल गरेको भए बजेट अझ राम्रो हुन्थ्यो-ओली

   २०८१ जेष्ठ २०, आईतवार  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टीसँग छलफल गरेर ल्याएको भए बजेट थप राम्रो हुने बताएका हुन् ।

उनले भने, ‘बजेटप्रति असन्तुष्टि होइन । तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुन्थ्यो ।’ संसद्‌मा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै