ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश – Nepalboli

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

   २०८१ जेष्ठ २०, आईतवार  

सर्वोच्च अदालतले नियम उल्लङ्घन गर्ने सवारी चालकलाई सडकमा नखटाउन अन्तरिम आदेश दिएको छ । यसअघि गत जेठ १५ गते गृहमन्त्री रवि लामिछानेले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई एक घण्टा सडकमा उभ्याउन निर्देशन दिएका थिए ।

तर, आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । गृहमन्त्री लामिछानेको निर्देशनको आलोचना भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै