उपत्यकासहित देशका पूर्वी भूभागमा हल्का वर्षा
अहिले काठमाडौँ उपत्यकासहित देशको पूर्वी भूभागका पहाडी स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण अहिले हल्का वर्षा भइरहेको छ।
विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले काठमाडौँ उपत्यकाका साथै नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, सोलुखुम्बु, कास्की, स्याङ्जा र गुल्मी लगायतका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
प्रि मनसुनको समय भएकाले साँझपख मेघ, गर्जन र चट्याङसहित हल्का वर्षा भएको हो। करिब एक घण्टासम्म सो प्रणालीको प्रभाव रहने उहाँको भनाइ छ।