एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ ।
नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमितरुपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।