सब–इन्जिनियर भट्टराई र अर्याल घुस रकमसहित नियन्त्रणमा – Nepalboli

सब–इन्जिनियर भट्टराई र अर्याल घुस रकमसहित नियन्त्रणमा

   २०८१ जेष्ठ १८, शुक्रबार  

पर्यटन विकास आयोजना एकाइ कार्यालय, काठमाडौंका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीहरुले निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा काठमाडौंम महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत पर्यटन विकास आयोजना एकाइ कार्यालय, निजकै कार्यकक्षबाट शुक्रबार पक्राउ परेका हुन्।

आयोगका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै