सिंहदरबारमा भएको तीन दलको बैठक सकारात्मक- माधव नेपाल – Nepalboli

सिंहदरबारमा भएको तीन दलको बैठक सकारात्मक- माधव नेपाल

   २०८१ जेष्ठ १८, शुक्रबार  

एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज सिंहदरबारमा भएको तीन दलको बैठकमा सकारात्मक कुरा भएको बताएका छन । शुक्रबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेता नेपाल विचमा छलफल भएको थियो । तीन दलका शीर्ष नेताको बैठकमा आफूले समझदारी, संवाद र सहकार्यको कुरा राखेको उहाँले प्रष्ट पार्नुभयो ।

नेपालले सबै नेताबिच छलफल र सहकार्य गरी अघि बढेमा राजनीतिक समस्या समाधान सहज हुने बताए ।  “सम्बन्धको सहकार्य गर्नुपर्छ, आपसी छलफल र समझदारीले समस्या समाधान हुन्छ, कसैलाई बाइपास गरेर समस्या समाधान हुँदैन” उनले भने ।

देशको राजनीतिलाई ठीक ढङ्गले अघि बढाउन दलीय समझदारी र सहकार्यको खाँचो रहेको उनको भनाइ छ । नयाँ बजेट आउन नसक्ने खालको विरोध थियो, संसद बैठक अवरुद्ध हुँदै आएको थियो । दलका नेताबिच सहमति बनेकै कारण बजेट राम्रोसँग आउन पायो, उनले भने ।

हाम्रो दल अहिले निर्णायक शक्तिमा छैन, हामी सरकारबाट बाहिर जाँदा पनि सरकार ढल्ने होइनू, पूर्व प्रधानमन्त्री नेपालले थने, “साना दलको नेता भए पनि हामी पनि सत्ता साझेदार दल हौं, केही महत्वपूर्ण निर्णय गर्दा हामीसँग पनि सल्लाह र सुझाव लिनुपर्छ, एक्लाएक्लै निर्णय गर्दा समस्या आइपर्छ ।”

‘भेटघाटका लागि बोलाएको ठाउँमा जानु नराम्रो होइन, शेरबहादुर देउवाले बोलाउँदा छलफलका लागि जानु नराम्रो होइन’ उनले भने, “भेटघाट र छलफल गर्दैमा कोही डराउनु पर्दैन, हामीले गर्ने काम भनेको देश र जनतालाई केन्द्रमा राखेर गर्ने हो । आत्तिइ हाल्नुपर्ने कुरा केही छैन, भेटघाटका लागि बोलाएको ठाउँमा जानु पर्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै