राष्ट्रिय सभाको जेठ मसान्तसम्मको कार्यतालिका तय – Nepalboli

राष्ट्रिय सभाको जेठ मसान्तसम्मको कार्यतालिका तय

   २०८१ जेष्ठ १८, शुक्रबार  

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ। विभिन्न तीन अजेन्डाका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका थिए ।

सभावित कार्यतालिका अनुसार अब राष्ट्रिय सभाको बैठक जेठ २०, २१, २२, २८ र २९ गते बस्ने छ । बैठक बस्ने दिनहरूमा मुख्य गरी बजेटमाथि छलफल हुने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै