कूटनीतिक मर्यादा विपरित समाजिक सन्जालमा टिप्पणी गर्दा पुन विवादमा तानिए चिनियाँ राजदूत सङ – Nepalboli

कूटनीतिक मर्यादा विपरित समाजिक सन्जालमा टिप्पणी गर्दा पुन विवादमा तानिए चिनियाँ राजदूत सङ

   २०८१ जेष्ठ १६, बुधबार  

नेपालका लागि चिनियाँ राजदूत छन सङ पुन विवादमा तानिएका छन । केहि समय अघि उनले एउटा कार्यक्रममा भारत र नेपाल विचको सम्बन्ध वारेमा टिप्पणी गर्दा विवादमा तानिएका थिए । जसको सडक देखि सदन सम्म विरोध भएका थिए । पछि परराष्ट मन्त्रालयले उनले सचेत समेत गराएका थिए ।  तर चिनियाँ राजदूत सङ पसन समाजिक सन्जल टिवटरमा पत्रकार गजेन्द्र बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि चीनले २ प्रतिशतमा नभई ५ प्रतिशतको ब्याजको दरले दिएको भन्दै सामाजिक सञ्जाल एक्समा एउटा विवरण राखेपछि त्यसमा गरेको टिप्पणीले विवादमा तानिएका छन ।

उनले चिनियाँ दूतावासले प्रयोग गर्ने ट्विटर ह्यान्डलबाटै पत्रकार बुढाथोकीलाई चीनले ५ प्रतिशत ब्याज लिएको पुष्टि गर्न चुनौती दिएपछि समाजिक सन्जालमा दुपक्षिय बहस सुुरु भएको थियो । जसमा चिनियाँ राजदूत सङ कुटनितीक मर्यादा बिर्सेर टिप्पणीहरु गरेका छन ।

पत्रकार बुढाथोकीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘पोखरा विमानस्थलका लागि लिइएको ऋण २ प्रतिशत व्याजदरको भन्दै आएका थिए । तर ५ प्रतिशत पो रहेछ ।’

यही विवरणबारे राजदूत सङले एक्समै बुढाथोकीलाई मेन्सन गरेर जवाफ मागेका हुन् । ‘यदि तिमीसँग दस्तावेज छ भने सार्वजनिक गर । नभए प्रमाण देखाऊ । यो कस्तो खालको नियत हो ? पहिला झुट फैलाउनुस्, त्यसपछि तरंग कम हुन पर्खनुस् अनि फेरि फैलाउनु ।’

राजदूत सङले जवाफ मागेपछि पत्रकार बुढाथोकीले पनि आफूलाई धम्की दिएको उल्लेख गरेका छन् । ‘मलाई नधम्क्याउनुस्, आफनो दायरा बुझ्नुस्, मसँग सरकारको प्रमाण नै छ ।’

बुढाथोकीले पोखरा विमानस्थल निर्माणमा चीनले ५ प्रतिशत ब्याजमा ऋण दिएको प्रमाण आफूसँग रहेको बताएपछि राजदूत सङले फेरि जवाफ दिँदै माफी माग्न भनेका छन् । ‘तिमीले माफी माग्नु पर्छ’, उनले भनेका छन् ।

पत्रकार बुढाथोकीसँगको दोहोरीका कारण राजदूत सङमाथि अहिले सामाजिक सञ्जालमा आलोचना र प्रश्नको वर्षा भएको छ ।

एजजना लेखक यादव देवकोटाले उक्त विषयमा राजदूत सङमाथि प्रश्न उठाएका छन् । ‘के तपाईंले चिनियाँ राजदूतका रुपमा कुनै पनि देशमा नियोगको प्रमुखका रूपमा नियुक्त हुनुअघि आधारभूत कूटनीतिक तालिम लिनुभएको छरु’, यादवले सङलाई सोधेका छन्, ‘चिनियाँ सरकारले राजदूत नियुक्त गर्नुअघि तपाईंजस्ता मानिसहरूलाई ‘कूटनीतिबारे आधारभूत ज्ञान’उपलब्ध गराउनुपर्‍थ्यो।’

राजदूत सङको उक्त कदमलाई लिएर फ्रीडम फोरमले पनि आपत्ति जनाएको छ । फ्रीडम फोरमले एक्समै लेखेको छ, ‘तपाईंको व्यवहार आपत्तिजनक छ । सामाजिक सञ्जालमा व्यक्तिगत तहमा उत्रिएर गरिएको सवाल-जवाफबाट तपाईंले कूटनीतिक आचार र मर्यादा उलंघ गर्नु भएको छ ।’

सङ र पत्रकार बुढाथोकीबीचको सवाल जवाफलाई लिएर पूर्वराजदूत तथा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजदूतले व्यक्तिगत रुपमै उत्रिएर माफी माग भन्नु कूटनीतिक आचारणविपरीत भएको बताएका छन् ।

‘सामाजिक सञ्‍जालमा पोस्ट गरिएका विवरणलाई लिएर राजदूतले पत्रकारसँग माफी माग भन्नु अनौठो हो । राजदूतले कूटनीतिक माध्यमबाटै खण्डन गर्न वा सरकारसँग स्पष्टीकरण गर्न सोध्‍न सक्छ’, उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले यस मामिलामा राजदूतलाई ‘सार्वजनिक कूटनीति’को सीमा र प्रत्यक्ष संलग्नताको जोखिमबारे सम्झाउन जरुरी छ ।’

अर्का पत्रकार अनिल गिरीले एकजना नेपाली पत्रकारलाई सामाजिक सञ्जालमा आपत्तिजनक शैलीमा एउटा देशको राजदूतले थर्काउनु सर्वथा गलत भएको टिप्पणी गरेका छन् ।

लेखकसमेत रहेका जुगल भुर्तेलले यस प्रकरणमा भारततिर पनि इंगित गर्दै कटाक्षसहित भनेका छन्, ‘यसैगरी दक्षिणी वायु चलेको भए काठमाडौंमा कत्रो आँधीहुरी आइसकेको हुन्थ्यो । धन्न, उत्तरतिरबाट आएकाले शीतल रहेछ ।’

अर्का पत्रकार सञ्‍जीव सत्गैयाले कुनै पनि देशको राजदूतले व्यक्तिगत तहमा झरेर प्रतिक्रिया दिनुलाई अनुचित भनेका छन् ।

‘चिनियाँ राजदूतले बुझ्नु पर्ने कुरा के हो भने नेपाल एक स्वतन्त्र देश हो, जहाँ मानिसहरू आफ्नो विचार राख्न र अभिव्यक्त गर्न स्वतन्त्र छन्। राजदूत पनि केही विचारहरू मन पराउन स्वतन्त्र हुन्छन्, तर यसको मतलब सामाजिक सञ्जालबाट धम्की दिने होइन । राजदूतले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता छैन ।’

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै