संसदीय छानबिन समिति गठन, कुन दलबाट को-को ? – Nepalboli

संसदीय छानबिन समिति गठन, कुन दलबाट को-को ?

   २०८१ जेष्ठ १५, मंगलवार  

सहकारीको रकम अपचलन प्रकरणमा सात सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई समेटेर मंगलबार ७ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिमा कांग्रेस र एमालेबाट दुई–दुई जना र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद सामेल भएका छन्।

समितिमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन् । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् । २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै