छानबिन समिति गठनमा सहमति – Nepalboli

छानबिन समिति गठनमा सहमति

   २०८१ जेष्ठ १५, मंगलवार  

नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टीओआरसम्बन्धी सहमतिको अनुमोदन गरेको छ। आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने बताए।

उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ। आज बस्ने प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ। हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौं।’ हिजो अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भइसकेको छ। जसमा एमाले र कांग्रेसबाट दुईरदुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै