पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै – Nepalboli

पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

   २०८१ जेष्ठ १४, सोमबार  

नेकपा (एकीकृत समाजवादी) को ८३ औँ सचिवालय बैठक बसिरहेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक केहीबेरअघिबाट बसिरहेको हो । बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म बस्नेगरी मिति तय भैसकेको छ । १० सुझाव संकलनका लागि महाधिवेशनका दस्ताबेज जेठ १५ गते जिल्लामा पठाउने एकीकृत समाजवादीको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै