प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन – Nepalboli

प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

   २०८१ जेष्ठ १४, सोमबार  

सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिए । ‘प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ । तर समग्र सत्तापक्षको समस्या समाधान गर्नेभन्दा अल्झाउने खालको छ । यसमा हामी सशंकित छौं’ सांसद परियारले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रयास जारी राखेकाले मंगलबार बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति हुन सक्ने विश्वास पनि उनले व्यक्त गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै