४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, तीनको कारोबार शून्य – Nepalboli

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, तीनको कारोबार शून्य

   २०८१ जेष्ठ १३, आईतवार  

नेपालमा सञ्चालित ४४ संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन् । अर्थमन्त्रालयले आइतबार सङ्घीय संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म २६ संस्थान नाफामा रहेका छन् भने १५ वटा घाटामा रहेका छन्।

तीन वटा संस्थानको कारोबार शून्य रहेको छ। संस्थानको कुल सञ्चालन आय छ खर्ब ६१ अर्ब एक करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफा समेत वृद्धि भएको छ। यस आर्थिक वर्षमा संस्थानको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको छ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ ।

संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ। सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ। अघिल्लो आर्थिक वर्षमा २९ हजार ७३६ जनालाई रोजगारी दिएको थियो ।

यस आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै