कांग्रेस, एमाले र माओवादीले लुटतन्त्र मच्चाए- राजेन्द्र महतो
राष्टिय मुुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन । अभियानले शनिवार पाचथरको फिदिममा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महतोले काग्रेस, एमाले र माओवादी सहित केहि मुठिभर माफियाहरुले देशको सवै संरचना कब्जा गरेर भ्रष्टाचार गरिरहेको दावी गरे । अहिले सहकारीहरुको अर्वौ रकम अपलचनमा गृहमन्त्री नै मुछिएको भन्दै महतोले त्यसको समाचार लेखेकै कारण मिडियाका मलिकलाई प्रकाउ गर्नु निरकुश चरित्र भएको उनले बताए ।
महतोले नेपाल किन सबै नेपाली बन्न नसकेको भन्दै प्रश्न उठाउदै देश यो अवस्थामा पुग्नु पछिको कारक तत्त्व के हो ? भनेर विश्लेषण गर्नुपर्नेमा जोड दि । हामीले त सात ओटा संविधान बनायौं, महतोले भने तर अमेरिका जो संसारको शक्तिशाली र सम्पन्न राष्ट्र हो, उसको जम्मा एउटा संविधान छ । छिमेकी देश भारतले ७० वर्षमा जम्मा एउटा संविधान बनायो । सयौं पटक संशोधन ग¥यो । ऊ कति शक्तिशाली बन्दै छ । हामीले ७० वर्षमा ७ ओटा संविधान बनाउँदा पनि किन कंगाल छौं ?
४ जात ३६ वर्णको साझा फूलबारी हो भनेर पृथ्वीनारायण शाहले भनेका थिए महतो भने तर एक राष्ट्र, एक पहिचान लाद्न खोजिया, यसले देश सबैको बनेन । नेपाल वान नेसन वान स्टेटको सिद्धान्तले बनेका होइन । तर एकल पहिलान लाद्न खोजिया, महतोले भने । आफु ३५ वर्ष मैले लगातार अधिकार र पहिचानको लागि लडाइँ लडेको बताउदै महतोले सफलताका लागी ताम्सालिङ, नेवा, थरुहट, मधेशी, राई, लिम्बु, सबै एक भए मात्रै पहिचानको आन्दोलन सफल हुने बताए ।
महतोले राष्ट्रिय मुक्ति क्रान्ति आफुले नेपाल सबैको देश बनाउन र सबैले पहिचान पाउनका लागी सुुरु गरेको पनि बताए । कार्यक्रममा अभियानका सनम लिम्बू सहित बुद्ध छिरिङ मोक्तान, मधुराज केरुङ ,सुमन सायमी,अनिल महासेठ, कमल हाङ्सरुम्बा, सुनिल हाङ्वा, कुमार यवा, केशव झा, कमला गुरुङ, सागर केरुङ, र सन्तोष मेहता लगायतका सहभागी थिए ।