बालेनले पठाए भौतिक पूर्वाधार मन्त्रीलाई एक ट्रक धुलो उपहार – Nepalboli

बालेनले पठाए भौतिक पूर्वाधार मन्त्रीलाई एक ट्रक धुलो उपहार

   २०८१ जेष्ठ १२, शनिबार  

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन्। विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएका हुन्।

उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताएका छन्।

उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राखेका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै