राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा आज सिरहामा अन्तक्रिया – Nepalboli

राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा आज सिरहामा अन्तक्रिया

   २०८१ जेष्ठ ११, शुक्रबार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज सिरहामा अन्तक्रिया कार्यक्रम गरेको छ । सिरहामा राष्ट्रिय मुक्ति क्रान्तिको संवादात्मक कार्यक्रममा नेता एवं राष्ट्रीय पिछडावर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंहले बहुल राष्ट्रिय राज्य, स्वदेशवाद र सामुदायिक समाजवादमाथि व्याख्या गरेका थिए । उनले स्थानीय सत्तामा समाजका जातिय र धार्मिक व्यक्तिहरुको प्रतिनिधि कायम हुनुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा अनिल सिंहले बहुल राष्ट्रबारे प्रष्ट पार्दै कार्यक्रम संचालन गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीव झाले कार्यक्रमबारे विषय प्रवेश गराउनु भएको थियो । कार्यक्रममा प्रा राम प्रताप यादव, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह, संचारकर्मी अनुरुध ठाकुर, कुशवाहा कल्याण समाज सिरहा अध्यक्ष, धनपति महतो, बुद्धिजीवी विनोद महतो लगायतका वक्ताहरुले राष्ट्रिय मुक्ति क्रान्तिबारे जिज्ञासा राख्नु भएको थियो ।

पिछडावर्ग महासंघका सिरहा नगर संयोजक विवेक दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिछडावर्ग महासंघका केन्द्रीय सदस्य धनीराम महतोले स्वागत भाषण गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले सबैको पहिचान र स्वशासन कायम गर्ने बताउनु भयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै