कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने – Nepalboli

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

   २०८१ जेष्ठ १०, बिहीबार  

सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले) को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उहाँको भनाइ छ।

कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उहाँको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उहाँले भन्नुभयो, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै