उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छ- निजी क्षेत्र – Nepalboli

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छ- निजी क्षेत्र

   २०८१ जेष्ठ १०, बिहीबार  

संचारउद्यमी कैलाश सिरोहियालाई उजुरी परेकै भरमा पक्राउ गरेको घटनाले आम व्यवसायीहरूमा सकारात्मक सन्देश नजाने निजी क्षेत्रहरूले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका तीन वटै छाता संगठनहरुले सो घटनाप्रति ध्यानाकर्षण जनाउँदै उद्योगी व्यवसायीहरूको मनोबल घट्न सक्ने बताएको हो । विज्ञप्तिमा लेखिएको छ, ‘कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौँ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घटने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

विज्ञप्तिमार्फत निजी क्षेत्रका तीन वटै छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यस घटनातर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै