नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन – Nepalboli

नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

   २०८१ जेष्ठ ९, बुधबार  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । बुधवार मकवानपुरको हेटौँडामा बसेको बागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएको हो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको बताउनुभयो। उहाँले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा बढी जोड दिन पनि निर्देशन गर्नुभएको बताउनुभयो।

उहाँले उपप्रधानमन्त्री लामिछानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गर्नुभएको बताउनुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै