राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा सिरहाको लहानमा अन्तक्रिया – Nepalboli

राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा सिरहाको लहानमा अन्तक्रिया

   २०८१ जेष्ठ ९, बुधबार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज सिरहाको लहानमा अन्तक्रिया कार्यकम गरेका छन । गएको ४ गते देखि देशव्यापी संवाद तथा छलफल कार्यक्रम सुुरु गरेका अभियानले वुधवार लहानको मारवाडी सेवा सदनको सभाकक्षमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेका हुन ।

कार्यक्रम दोरिक चौधरीको अध्यक्षतामा भएको अभियानले जनाएको छ ।

कार्यक्रममा लहानका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्ग उपस्थित थिए । दसमी लाल चौधरीद्वारा संचालन गरिएको कार्यक्रममा सिएन थारुले विषय प्रवेश गराएका थिए भने बुद्धछिरिङ मोक्तानले अभियानको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी पुर्व मन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव,केशव झा,कौशल सिंह, राजिव झा, अनिल महासेठ,अनिल सिंह, धनिराम महतो लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै