सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति – Nepalboli

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

   २०८१ जेष्ठ ९, बुधबार  

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ । नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका थिए । नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै हिजो प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंमा पक्राउ गरिएपछि धनुषा लगिएको थियो ।

अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली हिजो मंगलबार कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार मात्रै कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापेको थियो ।

लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गर्दै साँझ पक्राउ गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै