भीम रावलको प्रश्न- मन्त्री र अरूका लागि फरक फरक कानुन छ ? – Nepalboli

भीम रावलको प्रश्न- मन्त्री र अरूका लागि फरक फरक कानुन छ ?

   २०८१ जेष्ठ ९, बुधबार  

नेकपा एमालेका नेता भीम रावल कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध गरेका छन् । सिरोहिया पक्राउ परेको दोस्रो दिन रावलले आफ्नो धारणा सार्वजनिक गर्दै प्रकाउको विरोध जनाएका हुन् । उनले दुई नागरिकता र राहदानी हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही नहुने तर, नागरिकतामा विवरण फरक परेकै आधारमा सिरोहियालाई पक्राउ गर्न कानुनी राज्यको उपहास भएको बताए ।

सामाजिक सञ्जालमार्फत् रावलले भनेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानुनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर, कैलाश सिरोहियालाई दुई वटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लाने, के मन्त्री र अरूका लागि फरकफरक कानुन छ ? कानुनी राज्यको उपहास ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै