सभामुख र संसदीय समितिका सभापतिहरू विच छलफल – Nepalboli

सभामुख र संसदीय समितिका सभापतिहरू विच छलफल

   २०८१ जेष्ठ ९, बुधबार  

सभामुख देवराज घिमिरेले बोलाएको सबै संसदीय समितिका सभापतिहरूको बैठक बसेको छ । सिंहदरबारस्थित कानून समितिको हलमा बैठक बसेको हो । बैठकमा संसदीय गतिरोध, बजेटलगायतका विषयमा छलफल भएको बताइएको छ ।

संसद् बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको छ । उसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै आएको छ । यसलाई कसरी हटाउने भन्नेबारे आजको बैठकमा छलफल हुने सभामुख घिमिरेको सचिवालय जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै