स्थानीय र व्यवासायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग २४ घण्टा खुल्छ- गृहमन्त्री – Nepalboli

स्थानीय र व्यवासायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग २४ घण्टा खुल्छ- गृहमन्त्री

   २०८० चैत्र २३, शुक्रबार  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीको समस्या समाधान गरेर मात्रै ठमेल र दरबारमार्ग २४ घण्टा सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेवस्था गर्ने गरी नजाने बताउनुभयो।उहाँले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभयो।

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उहाँको भनाइ छ।गृहमन्त्री लामिछानेले धेरै मानिस सहमत भएका आधारमा कम मत भएकाको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताउनुभयो। उहाँले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताउनुभयो।उहाँले २४ सै घण्टा सहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताउनुभयो।

पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले ठमेलको हकमा दुईवटा कुरा रहेको बताउनुभयो।उहाँले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गर्नुभयो।

‘‘ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक छ।२४ घण्टा सहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुन्छ।पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुन्छ।ठमेलको हकमा दुईवटा कुरा छन्।आमाको निन्द्रा र छोराको सपना।आमाको निन्द्रा र छोराको सपना पनि आयो।सरकारको प्रयास ठमेलमा रात्रिकालीन व्यवसाय आमाको निन्द्रा पनि जोगाउने र छोराको सपना पनि पूरा गर्ने हो।व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालेको हो।सहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन।म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीकोमा गएर खाना नखान निर्देशन दिनुभयो।उहाँले कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसर, कर्मचारीलाई एक छाक पनि खुवाउनु नपर्ने बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै