उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना – Nepalboli

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

   २०८० फाल्गुन २७, आईतवार  

आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भूभागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भूभागमा मौसम सफा छ ।

आज रातिसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै